दृष्टिविहिन विध्यार्थिहरुकालागी सुवर्ण अवशर

आफ्नो चौथो चरणको ईलेक्ट्स् अभियान अन्तर्गत एड्राड्ले एन्ड्रोइड् मोबाईल (Samsung Galaxy ON7Pro) पहुँचयुक्त पुस्तक परिसंघ र विश्व बौद्धिक संपत्ती संस्थाको सहयोगमा दृष्टिबिहिन विध्यार्थीहरुलाईडिजिटल श्रव्य पुस्तकहरु पढ्नकोलागी उपलब्ध गराउन लागेको छ ।

ईच्छुक दृष्टिविहिन विध्यार्थीहरुले यहि डिसेम्बर महिनाको २१ तारिख सम्ममा आवेदन फारम भरि एड्राड्कोई-मेल adrad.nepal@gmail.com मा पठाऊनुहुन  आव्हान गरिन्छ।

फारम यहाँ डाउन्लोड गर्नुहोस्- ELECTS Scheme Application Form (December2017) 

http://adrad.org.np/elects4application

एन्ड्रोईड् मोबाईल उपलब्ध गराईने शर्तहरु-

  • आवेदक दृष्टिविहिन विध्यार्थी हुनुपर्ने र प्राप्त मोवाईल पहुँचयुक्त डेजी पुस्तकहरु पढ्नकोलागी प्रयोग गर्नु पर्ने
  • आवेदनको दोश्रो पृष्ठमा आफुले पढिरहेको विध्यालय वा कलेजको तथा अभिभाबकको ग्यारेन्टी प्राप्त गर्नु पर्ने र साथमा अपाङ्गता परिचय पत्र र बिध्यार्थी परिचय पत्रको प्रतिलिपि संलग्न गर्नु पर्ने ।
  • म्याचिङ् ग्रान्ट, सञ्चालन खर्छ र मोबाईलमा एप्स्हरु हाल्ने प्रयोजनको लागी  छानिएका आवेदकहरुले मात्र रु ६,०००।–एड्राड्को बैंक खाता मार्फत बुझाउनु पर्ने छ (आबेदनको अन्तिम पृष्ठमा खाता नंबर उल्लेख गरिएको छ)
  • यस अघि सुचिकृत गराएका बिध्यार्थीहरुलाई पहिलो प्राथमिकता दिईने छ र मोबाईल फोन बाँकी भएमा मात्र सुचिमा नाम नलेखाएका विध्यार्थीहरुलाई अन्त्यमा उपलब्ध गराईने छ ।
  • दृष्टिबिहिन महिला / किशोरि र ग्रामिण क्षेत्रमा बसोबास गर्ने गरिबिको अवस्थामा रहेका आवेदकहरुलाई प्राथमिकता दिईने छ ।
  • प्राप्त आवेदनहरु उपर छानबिन गरी एन्ड्रोईड् मोबाईल उपलब्ध गराईने विध्यार्थीहरुको नामावली एड्राड्को वेभसाईट (adrad.org.np) मा प्रकाशित गरिनेछ । अन्तिम निर्णयको अधिकार  एड्राड्मा रहनेछ।

थप जानकारिकोलागी आफुलाई पायक पर्ने एड्राड्का निम्नलिखित फोकल व्यक्तीहरुसंग सम्पर्क राख्नुहोस् ।

झापा- श्री मनु तिमिल्सिना (9852683770)

बुटबल- श्री हुमनाथ अधिकारी (9847025881)

पोखरा- श्री राजेन्द्र सुबेदी (9856029804)

बाँके- श्री देबिदत्त आचार्य (9858024669)

कञ्चनपुर- श्री बलराम पंत (9848778502)

काठमाण्डौं- श्री लक्ष्मी देसार (015180023/ 9843935613)