हिँड्ने पहाड

एक दिनको कुरा हो, मरुभूमिमा ठुलो आँधी आयो । आँधीले धेरै बालुवा उडायो । बालुवाले उँटलाई पूरै पुर्‍यो । उसको जुरो मात्र देखिएको थियो । उँटको जुरोलाई पहाड सम्झेर दुईवटा कछुवा जुरोमाथि चढ्न थाले । जब उँट हिँड्न लाग्यो । “ए, यो त हिँड्ने पहाड रहेछ !” भन्दै कछुवाहरू त्यहाँबाट झरे । उँटले यस्ता घटना धेरैपटक बेहोर्नु पर्‍यो । हिँड्ने पहाड भनेर धेरै झुक्किए। ‘साँच्चैको पहाड कस्तो हुँदोरहेछ ?’ उँटलाई जान्न मन लाग्यो । ऊ साँच्चैको पहाड हेर्न हिँड्यो । के उसले साँच्चैको पहाड फेला पार्ला त ?

बहादुर रिमा

आफ्नो काकासँगै बैशाखी मेला घुम्न पाउँदा रिमा असाध्यै खुसी थिइन् । तर, मेलाको रमाइलो हेर्दाहेर्दै उनी एक्लै भएको थाहै पाइनन् । उनी त मेलामै हराइन्। मेलाको त्यत्रो भिडमा रिमाले अब काकालाई भेट्न सक्लिन् त ?

पहाडकी गिरिशा

एउटा जङ्गली हात्ती अकस्मात् गिरिशाको गाउँमा आउँछ । गाउँलेहरू आत्तिएर भागभाग गर्छन् । तर गिरिशा भाग्दिनन् । उनी बहादुर केटी हुन् ।हात्तीलाई खुसी पार्न गिरिशाले केही गर्छिन् होला त ?

जुनकिरीसँग के हुन्छ?

जङ्गलमा सानो जुनकिरी उड्दै छ । तल घाँसमा हरियो घाँसे किथ्रो, पखेटा फटफटाउँदै गरेकी पुतली पनि छ । घाँसका त्यान्द्राले बुनेर रुखमा झुन्डाएको जस्तो देखिने गुँडको बाहिर र भित्र गर्दै गरेको तोप चरो छ । रुखहरू बिचको जालोमा पिङ खेल्दै गरेको माकुरो पनि छ । जुनकिरीले यी सबैको प्रशंसा गर्छ । तिनीहरूलाई राम्रो देखेर मनभित्र भने आरिस गर्छ । ऊ आफूलाई ती जस्तै राम्रो हुन सक्तिनँ कि भनेर सोच्छ । तिमीहरू जुनकिरीलाई उसमा भएको सुन्दरता पत्ता लगाउन र त्यसले जङ्गल नै सुन्दर पार्न मदत गर्न सक्छौ ?

हँसिलो रेल

यो रेलको यात्राको कथा हो । जाँदा जाँदै रेल धेरै टाढा, अँध्यारो र डर लाग्दो जङ्गलमा पुग्छ । यस्तो बेला उसले मनमा उत्पन्‍न भएको डरलाई कसरी जित्ला ?