चमेलीको बास्ना

चमेली सुनको गहना लगाएर विद्यालय जान थाली । उसमा घमन्ड चढ्न थाल्यो । उसको मन गहना र सतही कुरामा एकोहोरियो । उसका साथीहरू ऊबाट टाढा हुँदै गए । अनि के भयो त ?

जन्मदिनको उपहार

माया विद्यालमा सधैँजसो अबेर पुग्छिन्‌ । त्यसैले समयमै पुग्न एउटा साइकल पाए हुन्थ्यो भनी उनी चिताउँछिन्‌ । यो कुरा आफ्ना गुरुमा र साथीहरूलाई सुनाउँछिन्‌ र कतै पाइन्छ कि भनेर पनि सोध्छिन्‌ । उनकी आमाले किनिदिन्छु त भनेकी थिइन्‌ तर कछुवाले चढ्‌ने साइकल कहाँ किन्न पाइन्छ, त्यो भने उनलाई थाहा थिएन । उनको जन्मदिनमा उनले आफ्ना गुरुमा र साथीहरूबाट एउटा उपहार पाउँछिन्‌, तर त्यो साइकल भने होइन । साँच्चै त्यो के हो त, पढेर हेरौ र रमाऔँ ।

तिमी मेरो हिरो हौ

कोरोना भाइरसको लागि उपचार नभएकोले सारा दु:खी छिन् । संसारका अन्य बच्चाहरूलाई उनीहरूले आफूलाई कोरोना भाइरसबाट कसरी सुरक्षित राख्न सक्छन् र कसरी अरूको पनि सुरक्षा गर्न सक्छन् भन्ने कुरा बताएर सारा नायक बन्न चाहन्छिन् । उनले त्यो कसरी गर्लिन् त?