ट्युबभित्र दन्तमञ्जन कसरी जान्छ ?

बिहान बिहानै ट्युबबाट निचोरेर मञ्जन निकाल्न त सजिलै हुन्छ । तर तपाईंहरूलाई थाहा छ त, ट्युबभित्र मञ्जन कसरी गयो होला ? अब म तपाईंहरूलाई भन्छु है त ।

पहिलो घर

धेरै अगाडि जब मानिसहरू गुफामा बस्थे, दुई भाइले घर बनाउने निर्णय गरे। अहिले अरुणाचल प्रदेशका नामले चिनिने भारतको उत्तरपूर्वी भागमा पहिलो घर कसरी बनाइएको थियो त ? कथा पढौँ।

स्कुलमा पहिलो दिन

छ वर्षकी सेसी बाबुआमासँग मटियानी भन्ने ठाउँमा बस्छिन् । स्कुलमा उनको पहिलो दिनमा के के रमाइलो भयो भन्ने कुरा उनी बाबुआमालाई बताउँछिन् । के कस्तो रमाइलो भयो होला त ?

कोरिया काग

कोरिया कागलाई आफ्ना सादा काला प्वाँखहरू चित्त बुझेको छैन । ऊ मुजुर र सुगा झैँ रङ्रगीचङ्गी बन्न चाहन्छ। कोरिया काग सुनारकहाँ पुगेर झुम्का बनाउँछ । के झुम्काले कागलाइ सुन्दर बनाउला त ?

म जस्तो छु

मोटो माट्कोलाई भेडीगोठको तगारोबाट आउन जान मुस्किल परेको थियो । उसका साथीहरूले दुब्लो हुन सुझाएका उपायहरू केही काम गरेनन् । अन्त्यमा ऊ आफ्नै बुद्धिले सफल भयो ।

पाँच खम्बा भएको गाउँ

गाउँमा विद्युत् प्राधिकरणका मानिसले बिजुलीको खम्बा गाड्न थाले । अब बिजुली आउँछ भनेर गाउँलेहरू खुसी भए । तर, प्राधिकरणले काम भने पूरा गरेन । पाँचवटा खम्बा गाडेपछि प्राधिकरणका मानिस फर्केर आएनन् । अब गाउँहरूले के गर्छन् होला ?

थेम्बी र गीत गाउने रुख

थेम्बीको मनपर्ने ठाउँ भनेको उनको घर पछाडिको ठुलो रुखको मुनि नै हो । यहाँ उनी एकलै बसेर रुखले गाएको गीत सुनिरहन्छिन् ।
थेम्बीकी आमा उनको यो व्यवहारले चिन्तित हुनुहुन्छ । त्यसैले उहाँ यसको कारण पत्ता लगाउने निर्णय गर्नुहुन्छ ।