मोब्जा र उनको भालेको साहसिक यात्रा

विद्यालयमा बिदा सुरु भएपछि, मोब्जा आफ्नो आमाबुबासित हजुरआमालाई भेट्न जान्छिन् । गाउँ पुगेपछि हजुरआमाले मोब्जालाई उपहारका रूपमा भाले दिन्छिन् । तर मोब्जाले भालेलाई आफैँले लखटेर समात्नु पर्थ्यो। के मोब्जाले भालेलाई समात्न सक्लिन् त ?

थोती

यो कथा एउटी सानी नानी चारुका बारेमा हो । उनी हल्लिएको दाँत निकाल्न डराएकी छिन् । अब उनी कसरी थोती हुन्छिन् होला त ? कथा पढ्नुस् है त ।

कान्छा गैँडा

‘कान्छा गैँडा’ घना जङ्गलको केटो भनिने सानो गैँडाको कथा हो । आफ्नो चरन-क्षेत्रभन्दा पर पुगेर नयाँ-नयाँ ठाउँ हेर्ने रहर बोकेको कान्छा घुम्दा-घुम्दै धेरै पर पुग्छ ।

अर्ती र बुद्धि

बुद्धिले अर्तीसित फूलबारीका फूलहरू जोगाउन सल्लाह माग्यो । अर्तीले बुद्धिलाई के–कसो गर्ने भनेर अनेक सल्लाह दियो । बुद्धिले आँखा चिम्लेर सल्लाह मान्दै गयो । तर उसमाथि अनेक नयाँ समस्या आइलागे । अरू कुरा जान्न कथा पढ्नुहोस् ।

करेसाबारीका जडिबुटीहरू

यस किताबले हाम्रो करेसाबारीमा उब्जने तरकारीले हामीलाई कसरी स्वस्थ र तन्दुरुस्त बनाउँछ भन्ने वर्णन गरेको छ । तरकारीहरूले कसरी यसो गर्न सक्लान् ? जान्नका लागि पढ्नै पर्ला ।

भुजर

रीता र उनको कुकुर भुजर सबैभन्दा मिल्ने साथी हुन् । प्रत्येक दिन सँगै खेल्छन् । एक दिन, जब रीता स्कुलबाट घर गइरहेकी थिइन्, एउटा अपहरणकारीले उनलाई आफ्नो कारमा जबरजस्ती लान खोज्यो । के भुजरले रीतालाई सहयोग गर्न सक्ला त ?

चमेलीको बास्ना

चमेली सुनको गहना लगाएर विद्यालय जान थाली । उसमा घमन्ड चढ्न थाल्यो । उसको मन गहना र सतही कुरामा एकोहोरियो । उसका साथीहरू ऊबाट टाढा हुँदै गए । अनि के भयो त ?

जन्मदिनको उपहार

माया विद्यालमा सधैँजसो अबेर पुग्छिन्‌ । त्यसैले समयमै पुग्न एउटा साइकल पाए हुन्थ्यो भनी उनी चिताउँछिन्‌ । यो कुरा आफ्ना गुरुमा र साथीहरूलाई सुनाउँछिन्‌ र कतै पाइन्छ कि भनेर पनि सोध्छिन्‌ । उनकी आमाले किनिदिन्छु त भनेकी थिइन्‌ तर कछुवाले चढ्‌ने साइकल कहाँ किन्न पाइन्छ, त्यो भने उनलाई थाहा थिएन । उनको जन्मदिनमा उनले आफ्ना गुरुमा र साथीहरूबाट एउटा उपहार पाउँछिन्‌, तर त्यो साइकल भने होइन । साँच्चै त्यो के हो त, पढेर हेरौ र रमाऔँ ।