कोरिया काग

कोरिया कागलाई आफ्ना सादा काला प्वाँखहरू चित्त बुझेको छैन । ऊ मुजुर र सुगा झैँ रङ्रगीचङ्गी बन्न चाहन्छ। कोरिया काग सुनारकहाँ पुगेर झुम्का बनाउँछ । के झुम्काले कागलाइ सुन्दर बनाउला त ?

जादुवाला ऐना

एउटा दुष्ट बोक्सी केटाकेटीलाई श्राप दिन्छे । केटाकेटी डरलाग्दा राक्षसमा परिणत हुन्छन् । के श्याम र समा बोक्सीको श्रापबाट उम्कलान् ? के अन्य केटाकेटी सँधैँका लागि डरलाग्दा राक्षस नै भएर रहनेछन्?

म जस्तो छु

मोटो माट्कोलाई भेडीगोठको तगारोबाट आउन जान मुस्किल परेको थियो । उसका साथीहरूले दुब्लो हुन सुझाएका उपायहरू केही काम गरेनन् । अन्त्यमा ऊ आफ्नै बुद्धिले सफल भयो ।

पाँच खम्बा भएको गाउँ

गाउँमा विद्युत् प्राधिकरणका मानिसले बिजुलीको खम्बा गाड्न थाले । अब बिजुली आउँछ भनेर गाउँलेहरू खुसी भए । तर, प्राधिकरणले काम भने पूरा गरेन । पाँचवटा खम्बा गाडेपछि प्राधिकरणका मानिस फर्केर आएनन् । अब गाउँहरूले के गर्छन् होला ?

थेम्बी र गीत गाउने रुख

थेम्बीको मनपर्ने ठाउँ भनेको उनको घर पछाडिको ठुलो रुखको मुनि नै हो । यहाँ उनी एकलै बसेर रुखले गाएको गीत सुनिरहन्छिन् ।
थेम्बीकी आमा उनको यो व्यवहारले चिन्तित हुनुहुन्छ । त्यसैले उहाँ यसको कारण पत्ता लगाउने निर्णय गर्नुहुन्छ ।

मोब्जा र उनको भालेको साहसिक यात्रा

विद्यालयमा बिदा सुरु भएपछि, मोब्जा आफ्नो आमाबुबासित हजुरआमालाई भेट्न जान्छिन् । गाउँ पुगेपछि हजुरआमाले मोब्जालाई उपहारका रूपमा भाले दिन्छिन् । तर मोब्जाले भालेलाई आफैँले लखटेर समात्नु पर्थ्यो। के मोब्जाले भालेलाई समात्न सक्लिन् त ?

थोती

यो कथा एउटी सानी नानी चारुका बारेमा हो । उनी हल्लिएको दाँत निकाल्न डराएकी छिन् । अब उनी कसरी थोती हुन्छिन् होला त ? कथा पढ्नुस् है त ।