दुई माउसहरू

एकदिन एउटा माउस नामको मुसोले कम्प्युटरको माउसलाई भेट्छ । अपर्झट, एउटा बिरालोले साँच्चैको मुसोलाई लखेटेर समाउन थाल्छ । लौ जा, अब के हुन्छ होला ?

नक्कलेको नयाँ रूप

नक्कले नाम गरेको एउटा बिरालो हिँड्दै थियो । बाटामा उसले एउटा ब्युटी पार्लर देख्यो । पार्लरमा कोही नदेखेपछि उसलाई आफू पनि सिँगारिएर राम्रो हुन मन लाग्यो ।

नुहाएका सूर्य

आकाशमा एकलै रहेको सूर्यको खेल्ने साथी कोही पनि हुँदैन । उनलाई खोलामा माछासँगै पौडी खेल्न मन लाग्छ । ‘तिमी साह्रै तातो ताता छौ ‘ भनी माछाहरू उनीसित खेल्न मान्दैनन् । के सूर्यले पृथ्वीको कुनै पनि प्राणीलाई साथी बनाउन सक्लान् त ?

बाख्रीको घर

गर्मी मौसम थियो र बाख्रीलाई गर्मीको अनुभव हुन थाल्यो । गर्मी दिनहुँ बढिरहेको थियो । अब बाख्रीले शीतल छहारी कहाँ पाउली त?

रमा दङ्ग परिन्

रमा आफ्ना बासँग पहिलो पटक सहर गएकी हुन्‌ । उनले विभिन्न किसिमका मोटर गाडीहरू कहिले पनि देखेकी थिइनन्‌ । किसिम किसिमका यातायातका साधन र मोटर गाडीहरू चढ्‌न पाउँदा उनी कसरी दङ्‌ग पर्छिन्‌ त?

जुँगेदाइको कोठा

जुँगेदाइको कोठा ठुलो छ । सामान थोरै छ तर पनि सफा छैन । सामानहरू यताउता छरिएका छन् । ठिक ठाउँमा नराखिएकाले उसका सामानहरू ऊसँग रिसाएका छन् । अब सामानहरूले कोठा सफा राख्न र सामानहरू ठिक ठाउँमा मिलाएर राख्न जुँगेदाइलाई कसरी मनाउँछन् होला ?