नाचौँ र गाऔँ

छुनु र मुनु बाहिरफेर घुम्दैछन् । बाहिरतिर त बाख्राको पाठो, फूल, जूनकिरी आदिआदि प्रकृतिका धेरै कुराहरू नाचिरहेका छन् । गीत गाइरहेका छन् । छुनु र मुनु पनि नाच्न र गाउँन चाहन्छन् ।

हाम्रा साथी, कति जाती

प्रकृति र जीवजन्तुसँग मानिसको गाढा सम्बन्ध छ । हाम्रो आसपासमा रहेका कतिपय जीवजन्तुले हाम्रो जीवन यापनमा मद्‌दत पुऱ्याइ रहेका छन्‌ । ‘हाम्रा साथी, कति जाती’ तथ्यपुस्तकमा हामीलाई सघाउने केही जीवजन्तुलाई चिनाइएको छ । पुस्तक पढेर मनोरञ्जनसहित प्रकृतिका हाम्रा साथीलाई पनि चिनौ ।

टोपीवाला

टोपीवाला’ टोपी बेच्दै हिड्‌ने एक जना व्यापारीको कथा हो । यो कथा सुन्ने र सुनाउने परम्परामा आधारित छ । थाकेको व्यापारी रुखको छहारीमा निदाउँदा बाँदरले सबै टोपी लगिदिन्छन्‌ । टोपी फर्काउन व्यापारीले गरेको चलाखी खुब रमाइलो छ ।सिङ्‌गो कथा पढी आनन्द लिऔँ । राम्रो लागे अरूलाई पनि सुनाऔँ।

सिउर

सानो बाबुले देखे सबै सुन्दर चराका सिउर छन् । उनले चाहिँ सिउर कसरी पाउलान् ?