पखेटा बिना को उड्न सक्छ?

तिथी, अनु र कुसुमलाई चरा वा घामकिरी वा पुतलीलाई जस्तै उड्नका लागि पखेटा चाहिँदैन । खेल र काल्पनिक पखेटाको शक्तिमार्फत उनीहरू चङ्गा वा बादलहरूको समूह जस्तै माथिमाथि आकाशमा उड्न सक्छन् ।

ठुलो भएँ कि सानै छु?

एउटा सानो बाबू आफू निकै ठुलो भइसकेँ भन्ने ठान्छन् । उनी आफ्ना जुत्ताको तुना मजाले बाँध्न सक्छन् । तर, उनी सानै छन् ! घरमा रङ लगाइरहनु भएको बुबालाई सहयोग गर्न सक्दैनन् । उनी आफैँ खान सक्छन् । त्यसैले उनी आफूलाई ठुलो भइसकेको ठान्छन् । तर, कति साना छन् भने आमालाई खाना पकाउन सहयोग गर्न सक्दैनन् । वास्तवमा उनी ठुलो भइसकेका हुन् कि सानै छन् होला ?

कालो कमिलो

कालो कमिलो साहसी छ । ऊ साहसिला काम गर्न मन पराउँछ । त्यसैले ऊ झाडीतिर घुम्न निस्कन्छ । त्यहाँ उसले अरू जनावरहरूलाई भेट्छ र नयाँ नयाँ कुरा सिक्छ । उसको साहसिक यात्रामा के के भयो होला त ?