डाकिदेऊ न आमा

सानी नानी सानो चरीलाई साथी बनाउन र चरीसँग खेल्न चाहन्छिन् । त्यसैले उसलाई बोलाउन आमालाई अनुरोध गर्छिन् । उनले चरीलाई बोलाउन सक्छिन् होला त ?

गगन घर कमल

गगनलाई भेट्न कमल सहर हुँदै जान्छ । बाटोमा उसले अनेक आवाज सुन्छ । अनेक कुरा देख्छ । यी कुराहरूलाई यहाँ सग्ला अक्षर मात्र प्रयोग गरी बयान गरिएको छ । साना नानीहरुको पठन अभ्यासका लागि यो पुस्तक विकास गरिएको हो ।

सानी र सुरी

सानीको घरमा एउटा बिरालो थियो । उनी बिरालालाई सुरी भनेर बोलाउँथिन् । एक दिन उनी विद्यालयबाट घर आएर बिरालोको खोजी गरिन् । उनले धेरैतिर खोजिन् तर फरक फरक प्रकारका बिराला देखिन् । उनले सुरीलाई कतै भेटिनन् । अब उनले आफ्नो बिरालो भेट्टाउँछिन् त ?

मुना र मिलनको खेल

मुना र मिलन चिडियाखानाबाट घर फर्केका छन् । उनीहरूले त्यहाँ देखेका जनावरहरू जस्तै बनेर रमाइलो गरिरहेका छन् । उनीहरूले कुन – कुन जनावरहरू देखे होलान् त ?