कुखुरी आमा आफ्ना फुल कोरल्न धैर्यसाथ ओथारो बसेकी छ । ऊ फुल कहिले कोरलिएला भनेर पर्खिबसेकी छ । ऊ मेलामा जान पाउँछे होला त ?
Posts with the early grade level 2 book tag
हिँड्ने पहाड
एक दिनको कुरा हो, मरुभूमिमा ठुलो आँधी आयो । आँधीले धेरै बालुवा उडायो । बालुवाले उँटलाई पूरै पुर्यो । उसको जुरो मात्र देखिएको थियो । उँटको जुरोलाई पहाड सम्झेर दुईवटा कछुवा जुरोमाथि चढ्न थाले । जब उँट हिँड्न लाग्यो । “ए, यो त हिँड्ने पहाड रहेछ !” भन्दै कछुवाहरू त्यहाँबाट झरे । उँटले यस्ता घटना धेरैपटक बेहोर्नु पर्यो । हिँड्ने पहाड भनेर धेरै झुक्किए। ‘साँच्चैको पहाड कस्तो हुँदोरहेछ ?’ उँटलाई जान्न मन लाग्यो । ऊ साँच्चैको पहाड हेर्न हिँड्यो । के उसले साँच्चैको पहाड फेला पार्ला त ?
बहादुर रिमा
आफ्नो काकासँगै बैशाखी मेला घुम्न पाउँदा रिमा असाध्यै खुसी थिइन् । तर, मेलाको रमाइलो हेर्दाहेर्दै उनी एक्लै भएको थाहै पाइनन् । उनी त मेलामै हराइन्। मेलाको त्यत्रो भिडमा रिमाले अब काकालाई भेट्न सक्लिन् त ?
पहाडकी गिरिशा
एउटा जङ्गली हात्ती अकस्मात् गिरिशाको गाउँमा आउँछ । गाउँलेहरू आत्तिएर भागभाग गर्छन् । तर गिरिशा भाग्दिनन् । उनी बहादुर केटी हुन् ।हात्तीलाई खुसी पार्न गिरिशाले केही गर्छिन् होला त ?
हराएको भकुन्डो
जय आफ्ना साथीहरूसँग खेल्न चाहन्छ । तर ऊ आफ्नो भद्रगोले कोठामा खोज्दा भकुन्डो नै फेला पार्दैन । साथीहरू उसलाई कति बेरसम्म कुर्लान् त ?
जुनकिरीसँग के हुन्छ?
जङ्गलमा सानो जुनकिरी उड्दै छ । तल घाँसमा हरियो घाँसे किथ्रो, पखेटा फटफटाउँदै गरेकी पुतली पनि छ । घाँसका त्यान्द्राले बुनेर रुखमा झुन्डाएको जस्तो देखिने गुँडको बाहिर र भित्र गर्दै गरेको तोप चरो छ । रुखहरू बिचको जालोमा पिङ खेल्दै गरेको माकुरो पनि छ । जुनकिरीले यी सबैको प्रशंसा गर्छ । तिनीहरूलाई राम्रो देखेर मनभित्र भने आरिस गर्छ । ऊ आफूलाई ती जस्तै राम्रो हुन सक्तिनँ कि भनेर सोच्छ । तिमीहरू जुनकिरीलाई उसमा भएको सुन्दरता पत्ता लगाउन र त्यसले जङ्गल नै सुन्दर पार्न मदत गर्न सक्छौ ?
हाच्छ्युँ!
कविर जतिबेला पनि हाच्छ्युँ गर्छन् । उनको हाच्छ्युँले घरपरिवार र साथीभाइमा के के समस्या ल्याउँछ होला ?
जन्मदिनको चकलेट
शीतल आफ्नो खेलौना साथीको जन्मदिनमा केही चकलेट दिन चाहन्छिन् । उनलाई घरमा कसैले सहयोग गर्दैनन् । शीतल नयाँ योजना बनाउँछिन् । उनको योजना सफल होला त ?
हँसिलो रेल
यो रेलको यात्राको कथा हो । जाँदा जाँदै रेल धेरै टाढा, अँध्यारो र डर लाग्दो जङ्गलमा पुग्छ । यस्तो बेला उसले मनमा उत्पन्न भएको डरलाई कसरी जित्ला ?
एउटा विशेष गुँड
एउटी चरी गुँड बनाउने कोसिस गर्छिन् । उनले जहाँ गएर गुँड बनाए पनि कोही न कोहीले दुःख दिन्छन् नै । अब उनले के गर्लिन् ?