भालु माछा मार्न जान्छ

भालु आफ्नो घरमा माछा पाल्न चाहन्छ। उसले पोखरीमा माछा मार्ने निर्णय गर्छ। तर, चलाख माछाहरू समातिन चाहँदैनन् । भालु निराश हुन्छ र माछालाई पाठ पढाउन पोखरीमा डुब्छ। अनि के हुन्छ त ?

हरियो छेपारो र माउसुली

हरियो छेपारो र माउसुली साथी साथी बनेपछि तिनीहरूले एक अर्काको जीवनशैलीका बारेमा सबै कुरा थाहा पाए । छिटै नै ती दुई सरीसृपहरूले आफ्ना वासस्थान एकापसमा साट्ने निर्णय गरे । के तिनीहरू त्यो नयाँ वातावरणमा बाँच्न सक्लान् ?

बुद्धिमान् कछुवाहरू

कछुवाहरूले बाँदरहरूले बेल (काठे स्याउ) खाइरहेका देख्छन् । तिनीहरुलाई पनि त्यो चाख्न मन लाग्छ । तर पहिलो कुरो त तिनीहरूले बेलको साह्रो बोक्रा कसरी फुटाउन सक्लान्? के तपाईँ तिनीहरूलाई सहयोग गर्न सक्नु हुन्छ?

दुई माउसहरू

एकदिन एउटा माउस नामको मुसोले कम्प्युटरको माउसलाई भेट्छ । अपर्झट, एउटा बिरालोले साँच्चैको मुसोलाई लखेटेर समाउन थाल्छ । लौ जा, अब के हुन्छ होला ?

नक्कलेको नयाँ रूप

नक्कले नाम गरेको एउटा बिरालो हिँड्दै थियो । बाटामा उसले एउटा ब्युटी पार्लर देख्यो । पार्लरमा कोही नदेखेपछि उसलाई आफू पनि सिँगारिएर राम्रो हुन मन लाग्यो ।

नुहाएका सूर्य

आकाशमा एकलै रहेको सूर्यको खेल्ने साथी कोही पनि हुँदैन । उनलाई खोलामा माछासँगै पौडी खेल्न मन लाग्छ । ‘तिमी साह्रै तातो ताता छौ ‘ भनी माछाहरू उनीसित खेल्न मान्दैनन् । के सूर्यले पृथ्वीको कुनै पनि प्राणीलाई साथी बनाउन सक्लान् त ?

बाख्रीको घर

गर्मी मौसम थियो र बाख्रीलाई गर्मीको अनुभव हुन थाल्यो । गर्मी दिनहुँ बढिरहेको थियो । अब बाख्रीले शीतल छहारी कहाँ पाउली त?