‘कान्छा गैँडा’ घना जङ्गलको केटो भनिने सानो गैँडाको कथा हो । आफ्नो चरन-क्षेत्रभन्दा पर पुगेर नयाँ-नयाँ ठाउँ हेर्ने रहर बोकेको कान्छा घुम्दा-घुम्दै धेरै पर पुग्छ ।
Posts with the Epub book tag
अर्ती र बुद्धि
बुद्धिले अर्तीसित फूलबारीका फूलहरू जोगाउन सल्लाह माग्यो । अर्तीले बुद्धिलाई के–कसो गर्ने भनेर अनेक सल्लाह दियो । बुद्धिले आँखा चिम्लेर सल्लाह मान्दै गयो । तर उसमाथि अनेक नयाँ समस्या आइलागे । अरू कुरा जान्न कथा पढ्नुहोस् ।
करेसाबारीका जडिबुटीहरू
यस किताबले हाम्रो करेसाबारीमा उब्जने तरकारीले हामीलाई कसरी स्वस्थ र तन्दुरुस्त बनाउँछ भन्ने वर्णन गरेको छ । तरकारीहरूले कसरी यसो गर्न सक्लान् ? जान्नका लागि पढ्नै पर्ला ।
भुजर
रीता र उनको कुकुर भुजर सबैभन्दा मिल्ने साथी हुन् । प्रत्येक दिन सँगै खेल्छन् । एक दिन, जब रीता स्कुलबाट घर गइरहेकी थिइन्, एउटा अपहरणकारीले उनलाई आफ्नो कारमा जबरजस्ती लान खोज्यो । के भुजरले रीतालाई सहयोग गर्न सक्ला त ?
चमेलीको बास्ना
चमेली सुनको गहना लगाएर विद्यालय जान थाली । उसमा घमन्ड चढ्न थाल्यो । उसको मन गहना र सतही कुरामा एकोहोरियो । उसका साथीहरू ऊबाट टाढा हुँदै गए । अनि के भयो त ?
जन्मदिनको उपहार
माया विद्यालमा सधैँजसो अबेर पुग्छिन् । त्यसैले समयमै पुग्न एउटा साइकल पाए हुन्थ्यो भनी उनी चिताउँछिन् । यो कुरा आफ्ना गुरुमा र साथीहरूलाई सुनाउँछिन् र कतै पाइन्छ कि भनेर पनि सोध्छिन् । उनकी आमाले किनिदिन्छु त भनेकी थिइन् तर कछुवाले चढ्ने साइकल कहाँ किन्न पाइन्छ, त्यो भने उनलाई थाहा थिएन । उनको जन्मदिनमा उनले आफ्ना गुरुमा र साथीहरूबाट एउटा उपहार पाउँछिन्, तर त्यो साइकल भने होइन । साँच्चै त्यो के हो त, पढेर हेरौ र रमाऔँ ।
तिमी मेरो हिरो हौ
कोरोना भाइरसको लागि उपचार नभएकोले सारा दु:खी छिन् । संसारका अन्य बच्चाहरूलाई उनीहरूले आफूलाई कोरोना भाइरसबाट कसरी सुरक्षित राख्न सक्छन् र कसरी अरूको पनि सुरक्षा गर्न सक्छन् भन्ने कुरा बताएर सारा नायक बन्न चाहन्छिन् । उनले त्यो कसरी गर्लिन् त?
अपाङ्गता अशक्तता होइन
यस छोटो कथाले अपाङ्गता भएका व्यक्तिको क्षमताको कदर गर्दै आत्मविश्वास बढाउन मदत गर्दछ ।
ओथारो बसेकी कुखुरी आमा
कुखुरी आमा आफ्ना फुल कोरल्न धैर्यसाथ ओथारो बसेकी छ । ऊ फुल कहिले कोरलिएला भनेर पर्खिबसेकी छ । ऊ मेलामा जान पाउँछे होला त ?
हिँड्ने पहाड
एक दिनको कुरा हो, मरुभूमिमा ठुलो आँधी आयो । आँधीले धेरै बालुवा उडायो । बालुवाले उँटलाई पूरै पुर्यो । उसको जुरो मात्र देखिएको थियो । उँटको जुरोलाई पहाड सम्झेर दुईवटा कछुवा जुरोमाथि चढ्न थाले । जब उँट हिँड्न लाग्यो । “ए, यो त हिँड्ने पहाड रहेछ !” भन्दै कछुवाहरू त्यहाँबाट झरे । उँटले यस्ता घटना धेरैपटक बेहोर्नु पर्यो । हिँड्ने पहाड भनेर धेरै झुक्किए। ‘साँच्चैको पहाड कस्तो हुँदोरहेछ ?’ उँटलाई जान्न मन लाग्यो । ऊ साँच्चैको पहाड हेर्न हिँड्यो । के उसले साँच्चैको पहाड फेला पार्ला त ?