सबै जनावरहरू भोकाएका छन् तर उनीहरूको मालिक किसान अझै खाना खुवाउन आइपुगेको छैन । उनीहरूले आफैँ खाना खाने निर्णय गर्छन् । त्यसपछि भद्रगोल हुन्छ ।
Posts with the Epub book tag
दुई माउसहरू
एकदिन एउटा माउस नामको मुसोले कम्प्युटरको माउसलाई भेट्छ । अपर्झट, एउटा बिरालोले साँच्चैको मुसोलाई लखेटेर समाउन थाल्छ । लौ जा, अब के हुन्छ होला ?
नक्कलेको नयाँ रूप
नक्कले नाम गरेको एउटा बिरालो हिँड्दै थियो । बाटामा उसले एउटा ब्युटी पार्लर देख्यो । पार्लरमा कोही नदेखेपछि उसलाई आफू पनि सिँगारिएर राम्रो हुन मन लाग्यो ।
नुहाएका सूर्य
आकाशमा एकलै रहेको सूर्यको खेल्ने साथी कोही पनि हुँदैन । उनलाई खोलामा माछासँगै पौडी खेल्न मन लाग्छ । ‘तिमी साह्रै तातो ताता छौ ‘ भनी माछाहरू उनीसित खेल्न मान्दैनन् । के सूर्यले पृथ्वीको कुनै पनि प्राणीलाई साथी बनाउन सक्लान् त ?
शङ्खेकिराको दौड!
शङ्खेकिरालाई जसरी पनि आफ्नो काकाका छोरा‚ भाइको जन्मदिनको भोजमा जान मन छ । ऊ दौडिन सक्दैन । अनुमान लगाऊ त, के ऊ समयमै पुग्न सक्ला ?
पप्पीले हल्ला सुन्यो
राती सुतिरहेको बेला पप्पीले डरलाग्दो आवाज सुन्यो । यो आवाज कसको हो, उसले पत्ता लगाउने प्रयास गर्यो । यो आवाज कहाँबाट आएको होला त?
बाख्रीको घर
गर्मी मौसम थियो र बाख्रीलाई गर्मीको अनुभव हुन थाल्यो । गर्मी दिनहुँ बढिरहेको थियो । अब बाख्रीले शीतल छहारी कहाँ पाउली त?
लिनाको रातो बेलुन
लिनालाई आफ्नो रातो बेलुन साह्रै मनपर्छ । एकदिन बेलुन बगेर खोलापारि पुग्छ । अब लिनाले त्यो बेलुन कसरी भेट्टाउँछिन् होला ?
रमा दङ्ग परिन्
रमा आफ्ना बासँग पहिलो पटक सहर गएकी हुन् । उनले विभिन्न किसिमका मोटर गाडीहरू कहिले पनि देखेकी थिइनन् । किसिम किसिमका यातायातका साधन र मोटर गाडीहरू चढ्न पाउँदा उनी कसरी दङ्ग पर्छिन् त?
जुँगेदाइको कोठा
जुँगेदाइको कोठा ठुलो छ । सामान थोरै छ तर पनि सफा छैन । सामानहरू यताउता छरिएका छन् । ठिक ठाउँमा नराखिएकाले उसका सामानहरू ऊसँग रिसाएका छन् । अब सामानहरूले कोठा सफा राख्न र सामानहरू ठिक ठाउँमा मिलाएर राख्न जुँगेदाइलाई कसरी मनाउँछन् होला ?