मुसुकुले खेतबाट राम्रो बाली सँगालिन्।त्यसलाई खुला भण्डार गृहमा राखिन् र बिरालालाई रेखदेख गर्न लगाइन्।चोर आएपछि बिरालाले के गर्यो होला त?
Posts with the Epub book tag
नाचौँ र गाऔँ
छुनु र मुनु बाहिरफेर घुम्दैछन् । बाहिरतिर त बाख्राको पाठो, फूल, जूनकिरी आदिआदि प्रकृतिका धेरै कुराहरू नाचिरहेका छन् । गीत गाइरहेका छन् । छुनु र मुनु पनि नाच्न र गाउँन चाहन्छन् ।
मेरा दश साथीहरू
यस कथामा सानो बालक मुख्य पात्र छ । उसका दश जना साथीहरू छन् । साथीहरूले उसलाई हरेक दिन सहयोग गर्छन् । साथीहरूले बालकलाई कसरी सहयोग गर्दा रहेछन् त ?
हाम्रा साथी, कति जाती
प्रकृति र जीवजन्तुसँग मानिसको गाढा सम्बन्ध छ । हाम्रो आसपासमा रहेका कतिपय जीवजन्तुले हाम्रो जीवन यापनमा मद्दत पुऱ्याइ रहेका छन् । ‘हाम्रा साथी, कति जाती’ तथ्यपुस्तकमा हामीलाई सघाउने केही जीवजन्तुलाई चिनाइएको छ । पुस्तक पढेर मनोरञ्जनसहित प्रकृतिका हाम्रा साथीलाई पनि चिनौ ।
चित्र लेख्नु क्या राम्रो
छुनु र मुनु साना नानीहरू हुन् । उनीहरू चित्र बनाउन मन पराउँछन् । उनीहरूको चित्र बनाउने इच्छा पुरा भयो त ?
यो घर कसको ?
अरू प्राणीप्रति माया गर्ने यो बालकविता लयमा पनि छ । यसलाई लय हाल्दै आफैँ पढौ र मजा लिऔ ।
टोपीवाला
टोपीवाला’ टोपी बेच्दै हिड्ने एक जना व्यापारीको कथा हो । यो कथा सुन्ने र सुनाउने परम्परामा आधारित छ । थाकेको व्यापारी रुखको छहारीमा निदाउँदा बाँदरले सबै टोपी लगिदिन्छन् । टोपी फर्काउन व्यापारीले गरेको चलाखी खुब रमाइलो छ ।सिङ्गो कथा पढी आनन्द लिऔँ । राम्रो लागे अरूलाई पनि सुनाऔँ।
टिना र ताराहरू
टिना कसरी आकाशमा ताराहरू चम्कन्छन् भनेर हेर्न मन पराउँछिन्।उनी ती ताराहरूलाई आकाशबाट टिप्न चाहन्छिन्। टिनाले यो काम कसरी गर्छिन् होला?