छुनु र मुनुले बुबालाई मकै रोप्न मदत त गरे ! के उनीहरूले पनि मकै खान पाउलान् त?
Posts with the Epub book tag
टिकटिके किरा
दुई बालबालिका विद्यालयबाट फर्कँदै छन् । उनीहरूले बाटोमा टिकटिके किरा देख्छन् । यो कस्तो किरा होला त ?
डाकिदेऊ न आमा
सानी नानी सानो चरीलाई साथी बनाउन र चरीसँग खेल्न चाहन्छिन् । त्यसैले उसलाई बोलाउन आमालाई अनुरोध गर्छिन् । उनले चरीलाई बोलाउन सक्छिन् होला त ?
गगन घर कमल
गगनलाई भेट्न कमल सहर हुँदै जान्छ । बाटोमा उसले अनेक आवाज सुन्छ । अनेक कुरा देख्छ । यी कुराहरूलाई यहाँ सग्ला अक्षर मात्र प्रयोग गरी बयान गरिएको छ । साना नानीहरुको पठन अभ्यासका लागि यो पुस्तक विकास गरिएको हो ।
सानी र सुरी
सानीको घरमा एउटा बिरालो थियो । उनी बिरालालाई सुरी भनेर बोलाउँथिन् । एक दिन उनी विद्यालयबाट घर आएर बिरालोको खोजी गरिन् । उनले धेरैतिर खोजिन् तर फरक फरक प्रकारका बिराला देखिन् । उनले सुरीलाई कतै भेटिनन् । अब उनले आफ्नो बिरालो भेट्टाउँछिन् त ?
मुना र मिलनको खेल
मुना र मिलन चिडियाखानाबाट घर फर्केका छन् । उनीहरूले त्यहाँ देखेका जनावरहरू जस्तै बनेर रमाइलो गरिरहेका छन् । उनीहरूले कुन – कुन जनावरहरू देखे होलान् त ?
यो आवाज कसको हो?
सबै जनावरहरूका आफ्नै आफ्नै आवाजहरू हुन्छन् । सबैले आफ्नो आफ्नो आवाज निकाल्दा सङ्गितको मिठो धुन झैं सुनिन्छ ।